नियम ५४
क्षति भएको रकम वा मुद्दाको खर्च भराउनेतर्फ कारबाही गर्न आदेश दिन सक्ने
मुद्दामा लागेको खर्च र क्षतिपूर्ति भराउने सम्बन्धमा अदालतले देहाय बमोजिम गर्नु पर्नेछः-
(क) कुनै ऐनमा मुद्दा गर्ने कुनै पक्षबाट मर्का पर्ने पक्षलाई मुद्दामा लागेको खर्च र क्षतिपूर्ति भराउने व्यवस्था र कार्यविधि उल्लेख गरिएको रहेछ भने सोही बमोजिम,
(ख) मुद्दामा लागेको खर्च भराउने सम्बन्धमा कुनै ऐनमा खण्ड (क) बमोजिमको व्यवस्था नभएमा जित्ने पक्षले मुद्दामा तिरे बुझाएको रकम, दस्तुर, कानून व्यवसायीको बिल बमोजिमको शुल्क, विशेषज्ञ वा विज्ञको शुल्कलगायत मुद्दामा हुने वास्तविक खर्च समेतलाई मध्यनजर गरी इजलासले भराउनु पर्ने खर्च यकिन गरी हार्ने पक्षबाट खर्च भराउन सक्ने,
(ग) खण्ड (ख) बमोजिम खर्च भराउँदा मुद्दाको प्रकृति, पर्न गएको वास्तविक क्षति, क्षतिपूर्ति भराउँदाको समयसम्मको ब्याज तथा बजार मूल्य समेतलाई आधार मानिने,
(घ) खण्ड (ग) बमोजिम क्षतिपूर्तिको रकम निर्धारण गर्न इजलासले आवश्यक ठानेमा मुद्दासँग सम्बन्धित विषयका विज्ञ वा सोही व्यवसाय गर्ने अन्य फर्म, कम्पनी वा वाणिज्य सङ्गठनलाई बुझ्न सक्ने ।